कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष क्रिकेटमा नेपाललाई कांस्य

काठमाडौँ — १३ औैं दक्षिण एसियलाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले कांस्य जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा कांस्यको लागि भएको स्पर्धामा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै पदक जितेको हो।

पुरुष क्रिकेटमा नेपाललाई कांस्य

टस हारेर ब्याटिङमा आएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । माल्दिभ्सका लीम साफिगले र्वाधिक १९ रन बटुले । यस्तै मोहमिद रिसवानले १ ७ रन बनाए ।


नेपालका ललितनारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।


९५ रनको लक्ष्य लिएर मैदान गरेको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । माल्दिभ्सका उमर आदिमले ३ विकेट लिए ।


कांस्य पदक जितेपछि नेपालका कप्तान मल्लले स्वर्ण जित्ने लक्ष्य राखिएको भए पनि कांस्यमा चित्त बुझाउनुपर्दा टोली निराश बनेको प्रतिक्रिया दिए । उनले भने, 'हामीले कांस्यका लागि खेलेका थिएनौं । गोल्डका लागि जान सक्थेम ।'


उनले भारत, पाकिस्तान नआए पनि बंगलादेश र श्रीलंकासँग खेल्न पाउनु अवसर भएको बताए । उनले भने, 'हामीले उनीहरुसँग खेल्न पाउँदा कति मेहनत कति गर्नु पर्दो रहेछ भन्ने सिक्ने अवसर पनि पाइयो ।'

प्रकाशित : मंसिर २३, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?