कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारोत्तोलनमा नेपालका सागरले रजत र पुकारले कांस्य जिते 

दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अर्न्तगत भारोत्तोलनमा नेपालले आइतबार थप १ रजत र  १ कांस्य पदक जितेको छ । नेपालका लागि सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा रजत पदक हात पारे । सो प्रतियोगितामा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते ।

भारोत्तोलनमा नेपालका सागरले रजत र पुकारले कांस्य जिते 

उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरे । नेपालका बिजेता सागरले राष्ट्रिय रेकर्डसहित रजत जितेका हुन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए ।

सागरले यसअघि सागको छनोट चरणमा आफ्नो नाममा लेखाएको तीनै विधाको रेकर्ड भंग गरेका नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिए ।

प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएर कांस्य पदक जिते ।

आइतबार नै भएको १०९ प्लस केजी तौल समूहमा पाकिस्तानका मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जितेका छन् । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । यो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

यो प्रतियोगितामा श्रीलंकन खेलाडी डब्लु पी यू चरुकाले रजत जिते । उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गरे । स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ केजी गरी कुल २७५ तौल भार बहन गर्दै नेपालका खेलाडी पुकार गुरुङले कांस्य पदक जिते ।

नेपालका लागी रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाए । पुकारका लागी स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो ।


प्रकाशित : मंसिर २२, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?