कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई पराजित गर्दै भारत समूह विजेता

फाइनल सोमबार
दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा शनिबार नेपालालाई १–० ले हराउँदै भारत समूह विजेता बनेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतकी स्ट्राइकर बालादेवीले निर्णायक गोल गरिन् । 

नेपाललाई पराजित गर्दै भारत समूह विजेता

पोखरा रंगशाला फुटबल मैदानमा उनले खेलको १८ औं मिनेटमा गोल गर्दै हजारौं नेपाली दर्शकलाई निराश बनाइन् । ४ देश सहभागी महिला फुटबलको लिग चरणमा श्रीलंका र माल्दिभ्सले कुनै जित निकाल्न सकेनन् । फलस्वरुप नेपाल र भारत यसअघि नै फाइनल प्रवेश गरिसकेका थिए । शनिबार समूह विजेता र उपविजेता छुट्याउन म्याच भएको हो । दुई देशबीच फाइनल भने सोमबार हुने छ ।


तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ ले हराउँदै कांस्य जितेको छ ।

प्रकाशित : मंसिर २१, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?