कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुस्तीमा भारतकै दबदबा

भारतलाई ४ स्वर्ण, नेपाललाई १ रजत ३ कास्य
सन्तोष सिंह

धनुषा — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत जनकपुरमा भएको कुस्ती खेलको पहिलो दिन शुक्रबार भारतले चार स्वर्ण जितेको छ । नेपालले प्रतिस्पर्धी खेलमा १ रजत र ३ कास्य जितेको छ । श्रीलंकाले ३ वटा रजत र १ वटा कास्य जितेका छन् ।

कुस्तीमा भारतकै दबदबा

जनकपुरको मुजेलियास्थित कर्भडहलमा भइरहेको कुस्ती प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५० र ५२ तौल समूह र पुरुषतर्फ ५७ र ६५ तौल समूहबीच प्रतिस्पर्धा भएको थियो । ५३ किलो तौल समूहमा भारतकी पिंकी कुमारीले स्वर्ण जितेकी छन् । नेपालकी शिवांगी दुवेलाई पराजित गर्दै स्वर्ण जितिन् । नेपालकी शिवांगीले भारतकी पिंकीलाई अन्तिम चरणमा कडा टक्कर दिएकी थिइन् । उक्त तौल समूहमा श्रीलंकाकी खेलाडी शमिकाले कास्य जितिन् ।


यसैगरी ५० किलो तौल समूहको कुस्ती खेलमा भारतकी शीतल तोमरले स्वर्ण पदक जितिन् । श्रीलंकाकी खेलाडी रोशनीले रजत र नेपालकी मनिषा सिंहले कास्य जितिन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाकी महिला खेलाडी मात्र सहभागी यो तौल समूहमा भारतका खेलाडीको दबदबा देखिन्थ्यो । भारतका खेलाडीसँग नेपालको खेलाडी मात्रै धेरै समय रिङमा टिकिरहे ।


साँझ भएको ५७ तौल समूहको कुस्ती खेलमा भारतको राहुल कुमारले स्वर्ण, श्रीलंकाका कथोरंगनाले रजत र नेपालको नरेश यादवले कास्य जिते । पुरुष समूहमै ६५ किलो तौल समूहमा भएको प्रतिस्पर्धामा भारतका अमित कुमारले स्वर्ण, श्रीलंकाको चमाराले रजत र नेपालका सरोज यादवले कास्य जितेका छन् । पाकिस्तानले यो दुबै तौल समूहमा प्रतिस्पर्धा गरेनन् । बंगलादेशको खेलाडी सहभागी भए पनि भारत र नेपालसँग परेको सबै खेलमा पराजित भए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुस्ती खेलको उद्घाटनको घोषणा गरेलगत्तै प्रतिस्पर्धा थालिएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले हिमाल, पहाड र तराई जोड्न सागको कुस्ती प्रतियोगिता जनकपुरमा गरिएको बताए ।


उद्घाटन समारोहमा नेपाली सेनाको सांस्कृतिक टोली र जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारले झाँकी र नृत्य प्रस्तुत गरेका थिए । साँझ कर्भडहल बाहिर आतिशबाजी गरिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?