कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उसुको थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप, मञ्चमै खेलाडी र अफिसियलको 'धर्ना' [तस्बिरहरु]

राजु घिसिङ

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका छन् ।

उसुको थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप, मञ्चमै खेलाडी र अफिसियलको 'धर्ना' [तस्बिरहरु]

नेपाली सेनाको लगनखेलस्थित शारिरिक तथा खेलकुद तालिम केन्द्रमा भएको थाइचीमा भारतीय टोलीका सदस्यहरु रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेकोभन्दै त्यसको विरोधमा म्याटमा नै बसिदिएका छन् । भारतीय र नेपाली पक्षले विरोध जनाएसँगै उसुका खेलहरु केहीबेर देखि रोकिएका छन् ।


थाइचीतर्फ श्रीलंकाका खेलाडीले बिगारेपनि सोही खेलाडीलाई बढी अंक दिएर जिताएको दाबी भारत र नेपालको छ । श्रीलंकाका खेलाडीलाई तारिदु नमल अनुराथालाई रेफ्रीहरुले १८.९ अंक दिएका छन् भने भारतीय खेलाडी ज्ञानदास सिंह १८.७९ अंक दिएका छन् । यस्तै नेपाली खेलाडी हरीप्रसाद गोलेले १८.४९ अंक प्राप्त गरेका छन् ।




प्रकाशित : मंसिर १८, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?