महिला १० हजार मिटर दौडमा स्वर्ण जित्दै सन्तोषीले रचिन् इतिहास, एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागको एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेकी छिन् । निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै उनले स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई मात्र केही मिलीसेकेन्डले उछिन्दै स्वर्ण हात पारेकी हुन् । यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

ZenTravel

एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन्।

Meroghar

यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य हात पारेका छन्।

प्रकाशित : मंसिर १७, २०७६ १२:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फोनिज प्रदेश ५ अध्यक्षमा गाहा 

माधव अर्याल

पाल्पा — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ को अध्यक्षमा यमबहादुर गाहा (रुपन्देही) चयन भएका छन् । तिनाउ गाउँपालिकाको दोभान सुकेतालमा सोमबार सकिएको प्रदेश ५ को अधिवेशनबाट गाहा अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

अधिवेशनबाट खुल्ला उपाध्यक्षमा सबी थारु ( दाङ), महिला उपाध्यक्ष प्रभा गाहा(रुपन्देही), महासचिव गजेन्द्र गुरुङ (बाँके), संगठन सचिव नगेन्द्र चौधरी (दाङ), संस्थागत सचिव रवीन्द्र पुन मगर(रोल्पा), कोषाध्यक्ष विनोद श्रेष्ठ(पाल्पा) चयन भएका छन्।

सदस्यहरु मीनाकुमारी कुमाल, निता चौधरी, विष्णुकुमार आले, रामअवतार चौधरी, प्रज्वल श्रेष्ठ, रवीन्द्रमान शेरचन र यमुना चौधरी चयन भए।

महाधिवेशनको उद्घाटन प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले गरेका थिए।

प्रकाशित : मंसिर १७, २०७६ १२:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×