नविन रसाइलीले दिलाए करातेमा नेपाललाई आठौं स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं साग अन्तर्गत करातेको ६७ केजी कुमुतेमा नेपालका नविन रसाइलीले पाकिस्तानका मोहम्मद नासिरलाई ८-६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । 

ZenTravel

मंगलबार बिहान सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेलमा उनले बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८-२ ले पराजित गरेका थिए।

Meroghar

कराँतेको ११ स्पर्धामा नेपालको ८ औं स्वर्ण हो।

प्रकाशित : मंसिर १७, २०७६ १०:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उसुमा नेपालकी सुस्मिता तामाङलाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी िछन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् ।

यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।



प्रकाशित : मंसिर १७, २०७६ १०:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×