करातेमा नेपालका राजिव पुडासैनीलाई कास्य
काठमाडौँ — १३ औं साग अन्तर्गत करातेको ६० केजी कुमुतेमा नेपालका राजिव पुडासैनीले बंगलादेशका मोहम्मद अल अमिलसँग ५-७ को स्कोरमा पराजित भएपछि कास्यमा चित्त बुझाउनुपरेको हो । बंगलादेशी खेलाडी भने नेपाललाई सेमीफाइनलमा पराजित गरी फाइनल पुगेका छन् ।
मंगलबार बिहान सातदोबाटोस्थित कराँते कबर्ड हलमा भएको पहिलो खेलमा पुडासैनीले भुटानका खामसुङ चोइतेनलाई डेढ मिनेटको खेलमा ८-० को अग्रता बनाएपछि टेक्निकल आधारमा विजयी भएका थिए । तर उनले सेमीफाइनल बंगलादेशको अमिलको अगाडि राम्रो प्रदर्शन गर्न नसकेपछि हार बेहोर्न बाध्य भए ।
नेपालले सोमबार कराते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।
प्रकाशित : मंसिर १७, २०७६ ०९:५६प्रतिक्रिया