कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेक्वान्दोमा आयशाले पनि दिलाइन् नेपाललाई स्वर्ण

काठमाडौँ — १३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण जितेकी छिन् । यसमा भारतले रजत र श्रील‌ंकाले कास्यमा चित्त बुझाएका छन् ।

तेक्वान्दोमा आयशाले पनि दिलाइन् नेपाललाई स्वर्ण

आयशाले ७ दशमलब ९४ अंक पाइन् भने उनकी प्रतिद्वन्द्वी भारतकी प्रजक्ता प्रकाश अनकोलेकरले ७ दशमलब ६४ अंक स्कोर गरेकी थिइन् । नेपालकी स्टार खेलाडी आयशाले यसअघि २०१० मा नेपाललाई स्वर्ण दिलाएकी थिइन् भने २००६ र २०१६ मा रजत जितेकी थिइन् ।






प्रकाशित : मंसिर १६, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?