कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौँ — युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले  जनाएको छ । 

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

मृत्यु भएकाको शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आइतबार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना भवनभित्र पुरिएका थिए ।

रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले ६ वटा टोचका–यू मिसाइल, चारवटा भ्याम्पायर रकेट र दुई ओल्खा रकेटलाई यसअघि नै खसालेको बताएको थियो ।

प्रकाशित : वैशाख ३१, २०८१ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×