३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

उत्तरी गाजाबाट इजरायली सेना फिर्ता

काठमाडौँ — इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेसन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन । 

उत्तरी गाजाबाट इजरायली सेना फिर्ता

इजरायली फिर्तापछि दर्जनौं नागरिक आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए । केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए । इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आइतबार संयुक्त राज्य अमेरिका, इजरायल, कतार र इजिप्टका वरिष्ठ गुप्तचर र सरकारी अधिकारीहरूबीच पेरिसमा बैठक भएको थियो । गाजामा हमास–इजरायल द्वन्द्व अन्त्य गर्ने सम्झौता बारेमा छलफल भएको थियो ।

प्रकाशित : माघ १९, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?