२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

न्युज एजेन्सी नेपाल

काठमाडौँ — संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् ।  

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

अरब लिगका विदेशमन्त्रीहरूको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच अवरुद्ध वार्ता तत्काल सुरु गर्न आग्रह गरेका छन्।

यस्तै मोरक्कोका विदेशमन्त्री नासर बोरिटाले द्वन्द्वरत दुवै पक्षलाई आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरे। उनले हिंसाले हिंसा मात्र निम्त्याउने भएकोले अतिवाद त्याग्न आग्रह गरे ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजा पट्टीमा बढ्दो तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको बताएका छन्। हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले देश युद्धमा होमिएको घोषणा गरेको छ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो विपक्षी दल सम्मिलित अन्तरिम मन्त्रिपरिषद्को गठन गरेका छन् ।

प्रकाशित : आश्विन २५, २०८० १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?