कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवकासप्राप्त जनरल चौहान भारतको चिफ अफ डिफेन्स स्टाफ

पद रिक्त रहेको ९ महिनापछि नियुक्ति
कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारत सरकारले अवकासप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई 'चिफ अफ डिफेन्स स्टाफ' नियुक्त गरेको छ । जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त पद ९ महिनायता खाली थियो ।

अवकासप्राप्त जनरल चौहान भारतको चिफ अफ डिफेन्स स्टाफ

रावतपछि चौहान भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) हुनेछन् । चौहान पूर्वी कमानको अफिसर कमान्डिङ इनचिफ रहिसकेका छन् । उनी सन् १९८१ देखि २०२१ सम्म सेनाको विभिन्न पदमा रहेर काम गर्नुका साथै विभिन्न पदकहरूबाट सम्मानित भइसकेका छन् ।

रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उनको नियुक्तिबारे औपचारिक रुपमा जानकारी दिएको हो । स्थल, जल र वायू तीनवटै सेनासँग समन्वय गर्ने प्रमुख पदका रुपमा रहेको सीडीएसले सैन्य मामिला विभागको सचिवको रुपमा पनि काम गर्नेछ ।

चिफ अफ डिफेन्स स्टाफ भारतीय सैनिक बलको मिलिट्री प्रमुख तथा चिफ अफ स्टाफ कमिटीको चेयरम्यान पनि हुन्छन् । भारतीय सैनिकका विभिन्न बलहरूबीच आवश्यक तालमेल मिलाउने, संयुक्त अपरेसन गर्ने लगायत जिम्मेवारी सीडीएसको रहन्छ । सन् २०१९ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले उक्त पदको सिर्जना गरेर जनरल विपिन रावतलाई पहिलो सीडीएस नियुक्त गरेको थियो ।

गत वर्ष १ डिसेम्बर २०२१ मा तमिलनाडुको कुन्नुरमा रावत चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टरमा सवार रावत, उनकी पत्नी मधुलिका रावतसहित १३ जनाको निधन भएको थियो ।

प्रकाशित : आश्विन १२, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?