१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

रावतकी श्रीमतीको पनि मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।

दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ ।

यो पनि

प्रकाशित : मंसिर २२, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?