भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार पनि सवार भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

प्रकाशित : मंसिर २२, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

आफूनिकट नेताहरूलाई देउवाको प्रश्न : सभापति कसरी जितिन्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोजेका छन् । बूढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेताहरूसँग यतिबेला देउवाले छलफल गरिरहेका छन् ।

देउवाले नेताहरूसँग मुलुकको राजनीतिक अवस्था, पार्टीको आन्तरिक शक्ति संघर्ष र जिल्ला तथा प्रदेश अधिवेशनको नतिजा बारे ब्रिफिङ गरेका थिए । सभापति देउवाले नेताहरूलाई कुन पदमा उठ्न चाहनुहुन्छ भनेरसमेत सोधेका थिए । देउवाको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, 'तपाईंको आकांक्षा के हो ? सभापति कसरी जितिन्छ ?' देउवाले नेताहरूलाई 'तपाईंलाई उम्मेदवार बनाउँदा सभापति कसरी जितिन्छ ?' भनेर सोधेका थिए ।

उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् । सभापतिका आकांक्षीमध्ये देउवा सबैभन्दा बलिया उम्मेदवारको रुपमा देखिएकाछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट तीनमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन ।

त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् । शशांक कोइरालाले दाबी छाडे पनि अरुबीच सहमति हुन सकेको छैन । बुधबार साँझसम्म पौडेल समूहले साझा उम्मेदवार तय गर्ने दाबी गरेको छ । चाक्सीबारीस्थित सिंह निवासमा दिउँसो ३ बजे बस्ने बैठकले केही टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×