कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजकै दिन : इजिप्टमा सैन्य ‘कु’

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (जुलाई ३) मा इजिप्टमा सैन्य ‘कु’ भएको थियो । इजिप्टको सेनाले राष्ट्रपति मोहमद मोर्सीलाई हटाउँदै सत्ता हातमा लिएको थियो । 

आजकै दिन : इजिप्टमा सैन्य ‘कु’

सैनिक प्रमुख अब्देल फतह अल–सीसीले मुख्य धर्मगुरु तथा राजनीतिक नेताहरूसँग छलफल गरेर मोर्सीलाई अपदस्थ गर्नुका साथै संविधान खारेजीको घोषणा गरेका थिए । अल–सीसीले मुलुकको सत्ता मुख्य न्यायाधीशको हातमा पुगेको घोषणा गरेका थिए ।

मोर्सी २०१२ को जुन १३ मा इजिप्टको पहिलो इस्लामिक राष्ट्रपति बनेका थिए । इजिप्टको नयाँ संविधानको मस्यौदा तयार गर्ने क्रममा मोर्सीले असीमित शक्ति हात पारेपछि २०१२ को नोभेम्बरदेखि मोर्सीविरुद्ध विरोध सुरु भएको थियो ।

विरोधपछि उनले आफूमा निहित शक्ति कम गर्न तयार रहेको बताएका थिए । तर उक्त वाचा पूरा नगरेपछि चर्किएको प्रदर्शनबीच सेनाले सत्ता हातमा लिएको थियो ।

प्रकाशित : असार १८, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?