कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल्टिमोरमा बन्दुकधारीको आक्रमणमा २ को मृत्यु

एजेन्सी

वासिङ्टन डीसी — अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा एक कार्यक्रममा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय युवती र २० वर्षीय युवक छन् ।

बाल्टिमोरमा बन्दुकधारीको आक्रमणमा २ को मृत्यु

मेरिल्यान्ड राज्यको दक्षिणतर्फ रहेको ब्रुकलिन होम्स क्षेत्रमा घटना भएको हो । ‘ब्रुकलिन डे’ मनाउन जम्मा भएको भीडमा गोली चलेको थियो । घटनामा २८ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ । फक्स न्युजका अनुसार २०–३० राउन्ड गोली प्रहार गरिएको थियो ।

गोली चलाउनेको पहिचान खुलिसकेको छैन । शंकास्पद व्यक्तिको खोजी र गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनाको निन्दा गर्दै अवैध हतियारबारे निर्णय लिनुपर्ने बताए ।

प्रकाशित : असार १८, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?