कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाको घरेलु ऋणसम्बन्धी प्रस्ताव संसद्‌बाट पारित

एएनआई 

कोलम्बो — श्रीलंकाको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्‌मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए ।

श्रीलंकाको घरेलु ऋणसम्बन्धी प्रस्ताव संसद्‌बाट पारित

श्रीलंका संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसद्लाई जानकारी दिएका छन् । विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र सुदर्शनी फर्नान्डोपुल्लेले प्रस्तावको पक्षमा मतदान गरेको कोलम्बो ग्याजेटले उल्लेख गरेको छ । संसद्ले शनिबार घरेलु कर्जा अनुकूलनसम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो ।

यसअघि सार्वजनिक वित्त समिति (सीओपीएफ) ले घरेलु ऋण पुनःसंरचनासम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले यसबाट मुक्ति पाउनका लागि विभिन्न किसिमका आर्थिक र राजनीतिक उपायहरू अवलम्बन गरिरहेको छ ।

प्रकाशित : असार १८, २०८० ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?