कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानको टापुमा सैन्य अभ्यास गर्दै चीन

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दैछ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो ।

ताइवानको टापुमा सैन्य अभ्यास गर्दै चीन

चिनियाँ सेनाले लडाकु विमानसहित परीक्षण पनि गरेको बताइएको छ । चिनियाँ मिडियाका अनुसार चिनियाँ सेनाले अगस्ट ४ देखि ७ सम्म टापुका ६ वटा क्षेत्रमा 'लाइभ फायरिङ' अभ्यास गर्ने छन् ।

चिनियाँ सीसीटीभीले मंगलबार राति उक्त क्षेत्रमा चिनियाँ लडाकु विमानहरू उडिरहेको भिडियो सार्वजनिक गरेको थियो ।

ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गरेको भन्दै विरोध जनाएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको बारेमा समाचार सार्वजनिक भएसँगै चीनले निरन्तर विरोध जनाउँदै आएको छ ।

चिनियाँ अधिकारीहरूले यस भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिँदै आएका छन् । मंगलबार चीनले विज्ञप्ति जारी गर्दै यस भ्रमणले दुई देशको सम्बन्धमा गहिरो असर पार्ने भन्दै चीनको एक चीन नीतिको उल्लंघन गरेको जनाएको छ ।

अमेरिकी सरकारले पेलोसीको भ्रमणको औपचारिक जानकारी नगराए पनि पेलोसी ताइपेइमा अवतरण गरेसँगै सभामुखको सचिवालयले विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएको थियो ।

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको उच्च नागरिक सम्मान

चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगिन्

प्रकाशित : श्रावण १८, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?