कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्ली हिंसा : मृतकको संख्या ७ पुग्यो

एजेन्सी

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन(सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दिल्ली हिंसा : मृतकको संख्या ७ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५ जना घाइते भएको बताइएको छ ।

संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित ७ जनाको मृत्यु भएको हो

मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो । सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए

सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो । त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो । प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो

गृहमन्त्री अमित शाहले बोलाए बैठक

यसैबीच भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाएका छन् । अमित शाहले बोलाएको बैठकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, दिल्लीका उपराज्यपाल अनिल बैजल, प्रहरी आयुक्त अमूल्य पटनायक कांग्रेस नेता सुवास चोपडा भारतीय जनता पार्टीका नेता मनोज तिवारी र रामवीर सिंह बिधुडीलगायतका उपस्थित थिए ।

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन

बैठकपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले बैठकमा सबै पक्ष दिल्लीमा भइरहेको हिंसा रोक्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?