कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय नक्साको विरोधमा सांसद (भिडियो)

गोविन्द पोखरेल

काठमाडौँ — भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग समेटिपछि सांसदहरुले विरोध जनाएका छन् ।

भारतीय नक्साको विरोधमा सांसद (भिडियो)

उनीहरुले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न भन्दै नक्सा खारेजीको माग गरेका हुन् । भारतले जारी गरेको नक्सामा सांसदहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


कांग्रेस सांसद डिला संग्रौला, नेकपाका सांसद झपट रावल, नेमकिपाका सांसद प्रेम सुवालले भारतले जारी गरेको राजनीतिक नक्सा मान्य नहुने बताउँदै सरकारलाई कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेका छन् ।


राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले लिपुलेक र कालापानीको विषयमा समितिको बैठकमा पनि गम्भीर रुपमा उठेको र यस विषयमा छलफल गर्न सम्बन्धित मन्त्रालयलाई बोलाएर जानकारी लिने बताएकी छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?