कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

४ सय ५० रोपनीमा लटरम्म स्याउ

आश गुरुङ

मनाङ — करिव ४ सय ५० रोपनीमा लटरम्म फलेका स्याउ । लहराजस्तो स्याउका बोट । नेपालमा बिरलै देखिन्छन् यस्ता दृश्य। मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१, भ्राताङमा एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर व्यवसायिक स्याउ खेती गरिरहेको छ । 

४ सय ५० रोपनीमा लटरम्म स्याउ

यो उच्च हिमाली क्षेत्रमा गरिने स्याउ खेतीको ‘हाइडेन्सिटी’ प्रविधिबाट गरिएको छ । गाला, गोल्डेन र फुजी गरी ३ थरिका स्याउ फलेको छ । स्याउ टिप्नमात्रै १ देखि डेढमहिना समय लाग्छ । यसवर्ष ४ सय मेट्रिक टन बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ ।


गतवर्ष ३ सय ५० मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । १ सय देखि १ सय ६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी गरिएको छ । यसमा ३ प्रकारका स्याउको दाना हेरी हेरी बिक्री गरिनेछ । औसत १ सय ३० रुपैयाँमा बिक्री गर्दामात्रै ५ करोड २० लाख आम्दानी हुन्छ ।


प्रतिनिधि सभा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट स्याउको बेर्ना ल्याएर स्याउ खेती थालेका हुन् । स्याउ फलाउने र यसको बजारीकरण उनले छोराहरुको जिम्मा लगाएका छन् । एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत ठूला–ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ । यसवर्ष कतारमा स्याउ पठाउने तयारी गरिएको छ । एग्रो मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।


समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाईको भ्राताङमा स्याउ फलेको ५ वर्ष भयो । स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर्स (चिस्यान केन्द्र) निर्माण गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?