लागू औषध नियन्त्रणमा २२ वर्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोमा २२ वर्ष सेवा गरेर हालैमात्र डिएसपी कृष्ण पनेरुले अवकाश पाए । २०४६ पुस ११ गते नेपाल प्रहरीमा असईको रुपमा प्रवेश गरेका पनेरुले दुई दशक भन्दा लामो समय लागू औषधको अवैध कारोवार, ओसारपसार र सेवनबारे अनुसन्धान गरे ।

उनी अन्तरदेशीय लागू औषध कारोवार र देशभित्रै बढ्दै गइरहेको लागू औषध सेवनकर्ताको प्रवृत्तिबारे गतिलो जानकारी राख्छन् ।

पूर्व डिएसपी पनेरुसँग नेपालभित्र फैलिँदो लागू औषधको समस्या र कसरी बाबुआमाले थाहै नपाई छोराछोरी लागू औषधको कुलतमा फस्छन भन्ने विषयमा केन्द्रित रहेर कान्तिपुरकर्मी जनकराज सापकोटाले कुराकानी गरेका छन्ः

प्रकाशित : श्रावण ३१, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

कामचोरलाई कस्ने ऐन ल्याउँदैछौं : मन्त्री पण्डित

कान्तिपुर संवाददाता

(पर्वत) — पेशागत मर्यादाविपरीत काम गर्ने कर्मचारीविरुद्ध कडा ऐन आउन लागेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् । नेकपाको कार्यक्रमका लागि बागलुङ जाने क्रममा शुक्रबार कुश्मामा केहीबेर रोकिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताएका हुन् । 

‘संघीय निजामती सेवा ऐन अन्तिम चरणमा छ । सम्भवतः यही साताभित्र संसदबाट पारित गर्नेछौं । काम नगर्ने र ठग प्रवृत्ति बोक्ने कर्मचारीका लागि पाता कस्नेगरि बाँध्ने ऐन ल्याउँदैछौं,’ उनले भने, ‘इमानदारले डराउनु पर्दैन, त्यो सँगसँगै राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नेछौं ।’ ऐनमा कर्मचारीका सेवासुविधा र उमेर हद पनि बढाएर ल्याउने तयारी भएको उनले बताए । नयाँ ऐनमा हरेक कर्मचारीसँग कामको करार सम्झौता गरिने र त्यसअनुसार काम नगरे तत्कालै बर्खास्त गर्ने प्रावधान पनि रहने उनले खुलाए ।

आधिकारिक ट्रेड युनियनमा आवद्ध कर्मचारीले कामभन्दा बढी राजनीति गरिरहेको भन्दै उनले नयाँ ऐनमा ट्रेड युनियनको काम कार्यालय समयभित्र गर्न नपाइने व्यवस्था रहेको बताए । ‘ट्रेड युनियन अब ड्यूटी आवरमा हुँदैन । त्यसबाहेकको समयमा मात्रै ट्रेड युनियनको काम हुन्छ,’ उनले भने, ‘मेरो काम लख्रक–लख्रक फलानो र ढिस्कानो नेतालाई भेट्ने । हामी दबाब सृजना गर्ने, हड्ताल गर्ने, सरकारलाई दबाब दिने, मेरो सिफारिसबिना देश चल्नुहुँदैन भन्ने भावनालाई समाप्त पारिने छ ।’

कर्मचारीले सामूहिक राजीनामा दिएमा एकपटक सोधेर दिएको पुष्टि भएमा बिदा गरिने उनले चेतावनी दिए । कर्मचारीलाई स्थायी सरकारको दम्भ हटाउन विकसित देशहरुमा यस्तो गरिएका धेरै उदाहरण भएको उनले बताए ।

‘मलेसियामा डाक्टर र नर्सले राजिनामा दिंदा सबैलाई बिदा गरेर नयाँ ल्याएको थियो । दक्षिण भारतको अवस्था यस्तै हो,’ उनले भने । नेपालमा पनि धेरै दक्ष युवा भएको भन्दै पुराना कर्मचारीले राजीनामा दिए नयाँ ल्याउन कुनै समस्या नहुने भनाइ उनको थियो ।

समायोजनबारे केही कर्मचारीलाई चित्त नबुझेको गुनासो आएकोप्रति उनले आलोचना गरे । ‘काठमाडौंमा बस्नेलाई चित्त नबुझेको हो,’ उनले भने, ‘कहाँ लाभका ठाउँ छन् भन्ने खोज्दै हिँड्नेलाई निरुत्साहित गर्दैछौं ।’

प्रकाशित : श्रावण ३१, २०७६ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्