पर्यटकको पर्खाईमा गुराँसको राजधानी

आनन्द गौतम

ताप्लेजुङ — वसन्त ऋतुको आगमनसँगै वनजंगलका रुख विरुवाले पालुवा फेर्न थाल्छन् । राष्ट्रिय फूल लालीगुराँस हेरुँहेरुँ हुनेगरी वनै राताम्य भएर फुल्छ । ताप्लेजुङ, तेह्थुम र संखुवासभाको संगमस्थल तीनजुरे, मिल्के जलजले क्षेत्रपनि अहिले त्यस्तै भएको छ ।

ताप्लेजुङ, तेह्थुम र संखुवासभाको संगमस्थल हो तीनजुरे मिल्के जलजले लालिगुँरास क्षेत्र। गुराँसको राजधानीनै मानिने यो क्षेत्रमा २८ प्रजातिका लालिगुँरास पाइन्छ। जबकी नेपालमा ३३ प्रजाति रहेको छ। यस्को अलावा आकर्षक महादेव गुफा, कञ्चनजंघा, मकालु, कुम्भकर्ण जस्ता हिमालपनि पोखरी भित्रै टल्कने गुफा पोखरी, आँखाले भ्याउञ्जेलको रमिता हेर्न मिल्ने रमिते डाँडाँ जस्ता स्थलले पर्यटकलाइ थप भुल्याउँछ र रमाइरहुँ जस्तो बनाउँछ।

पुसदेखि रातोरातो देखिन थालेको जंगल प्रत्येक नयाँवर्षको सुरुवातमा राताम्मे भइसक्छ। हरेक कोपिलाहरु फक्रिएको हेर्न, त्यसैसँग आफूलाई तुलना गर्दै तस्बिरमा कैद गर्न र रमाउन यहाँ तराईदेखिका पर्यटक आउने गरेका छन् । पर्यटकलाई आनन्दित बनाउन र चाहना पुरा गर्न व्यवसायीले तोङवा सुकुटिजस्ता स्थानीय उत्पादन तयारी अवस्थामा राखेका हुन्छन् ।

प्रकाशित : वैशाख १६, २०७६ १६:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन लामा निलम्बित

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई ग्राउन्डेड गरेको छ । प्राधिकरणले स्पष्टिकरण सोधेर स्पष्टिकरण कानुनसम्मत नभएपछि लामालाई ग्राउन्डेड गरेको हो।

तस्बिर साभार विजय लामाको फेसबुक ।

निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई गत वैशाख पहिलो साता 'आफ्नो इजाजतपत्र खारेज गर्न' चुनौती दिएका थिए। चुनौतीदिएपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएकोथियो।

एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको हो।

चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो। पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेकाथिए।

यो पढ्नुहोस्ः

प्रकाशित : वैशाख १६, २०७६ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×