घोडेजात्राको आकर्षक दृश्य [फोटोभिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए।

प्रकाशित : चैत्र २२, २०७५ २१:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुदूरपश्चिम प्रदेश र प्रदेश ५  यू-१६ क्रिकेटमा विजयी 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिम प्रदेश र प्रदेश ५ ले यू-१६ राष्ट्रिय स्कुल क्रिकेटअन्तर्गत शुक्रबार जित हासिल गरेका छन् । सुदूरपश्चिमले प्रदेश २ लाई ५ विकेटले हरायो भने प्रदेश ५ ले गण्डकी प्रदेशमाथि ८ विकेटको जिते पायो ।  

टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । प्रशान्त सिंहले ६० बलमा ६ चौका र १ छक्कासहित नटआउट ६० रन बटुले । पर्शुराम यादवले ४ चौकासहित ५० रन जोडे । प्रदेश ७ का नरेन साउद ३, सुनील लोथ्याल २ र राहुल भण्डारी १ रनमा आउट भए ।

जवाफमा सुदूरपश्चिमले २७ औं ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुवास ऐरले ६९ बलमा १० चौका र २ छक्कासहित ८० रनको योगदान दिएपछि सुदूरपश्चिमको जित आधार बन्यो । रहिल भण्डारीले २७ र सुनील चन्दले १६ रन जोडे । प्रदेश २ का प्रशान्त सिंहले २ तथा विशाल पटेल, निखिल सिंह र रोहित क्षेत्रीले १-१ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले २८.५ ओभरमा अलआउट हुनुअघि ९० रन जोड्यो । ओपनर अर्जुन कुमालले २३, आदित्य थापा २१ र शरद तिवारीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का अभिषेक गौतमले ५ विकेट लिए । विशालविक्रम केसी र सुरज खडाले २-२, रमेश कुर्मीले १ विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १५ औं ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ओपनर सुशान्त थापाले ४२ बलमा नटआउट ४३ रन जोडे । उनले ७ चौका प्रहार गरे । दिवश सेन्चुरीले २२ र अमर मिश्राले १८ रनको योगदान दिए । गण्डकीका नितेश गिरी र आदित्य थापाले १-१ विकेट लिए । हारसँगै प्रदेश ४ प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा हुने खेलमा प्रदेश ७ र प्रदेश १ तथा प्रदेश ६ र प्रदेश ३ ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : चैत्र २२, २०७५ २१:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×