गोदावरीमा प्याराग्लाइडिङको मज्जा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
ललितपुर — ललितपुरको गोदावरीमा प्याराग्लाडिङ सञ्चालनमा छ । २१ सय मिटरको उचाइमा रहेको चापाखर्कबाट टेक अफ भएर १५ सय मिटर उचाइको रचनाटारमा आएर ल्याण्ड हुन्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![गोदावरीमा प्याराग्लाइडिङको मज्जा](https://i3.ytimg.com/vi/k8AxWn6N4VM/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
प्याराग्लाइडिङ पाइलटले सुरुमा सेफ्टी, टेक अफ, फ्लाई र ल्याण्डको बारेमा निर्देशन दिन्छन् । त्यसपछि टेक अफ हुन्छ । १५ देखि ३० मिनेटसम्म प्याराग्लाइडिङ आकाशमा उड्छ ।
मौसम सफा भएको बेला चारैतिर हिमशृङंखला देख्न सकिन्छ । डाँडाकाँडा हरियाली वन र उपत्यकालाई छर्लंङ्ग देख्न सकिन्छ । साहसिक खेल मानिने प्याराग्लाइडिङले रमाइलो मात्रै नभएर साहस पनि थप्ने अनुभवीहरुको भनाइ छ ।
काठमाडौं प्याराग्लाइडिङ कम्पनीले सन् २००७ मा सुरुआत गरेको थियो । भूकम्पले गर्दा २०१५ मा बन्द भएपछि गत डिसेम्बरबाट पुन: सञ्चालनमा आएको सञ्चालक निरज पन्तले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया