कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ल्हाेछारमा भव्य झाँकी

काठमाडौँ — आदीवासी जनजाति अन्तगर्तकाे तामाङ समुदायले चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार कुकुर वर्षलाई बिदाई गरी सुँगुर वर्षलाई स्वागत गरेकाे छ । २८५५औँ सोनाम ल्होछारकाे अवसरमा  मंगलबार नेपाल तामाङ घेदुङको संयोजकत्वमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

ल्हाेछारमा भव्य झाँकी

हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । टुँडिखेलको ल्होछार कार्यक्रम उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे । ल्हाेछारकाे अवसरमा ज्यापु तथा लिम्बु समुदायले पनि झाँकी प्रदर्शन गरे ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो । नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ ।

ल्होछारको अवसरमा आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा पनि विविध कार्यक्रम गरी मनाउने चलन छ ।


प्रकाशित : माघ २२, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?