ओझेलमा आकर्षक झरना - भिडियो - कान्तिपुर समाचार

ओझेलमा आकर्षक झरना 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाकै सबै भन्दा आकर्षक मानिने साइपाल गाउँपालिकामा रहेको ढाँकी छडा झरना प्रचार प्रसारको अभावमा ओझेलमा रहेको छ । साइपाल पदमार्गमा पर्ने यो झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको  छ । 

साइपाल गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने काँकरकोट गाउँबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा रहेको यो झरनाको बनावट अनौठो खालको रहेको छ । माथिबाट सिधा बगेर झरेको पानी झरनाकोबिच भागमा ठोक्किएर एक्कासी दायाँतर्फ फर्किएको दृष्य हेरिरहुँ लाग्ने खालको हुन्छ । बिच पहरोमा पुगेर दुईतिर फाट्ने झरनामा नियमित जसो पर्ने इन्द्रेणीले यहाँको दृष्य झनै मनमोहक देखिन्छ । हावाको गति सँगै झरनाको प्रवाहले बयली खेल्दै पहरामा यताउता ठोक्किदा ढाँकीछडाले छिन छिनमा आफ्नो रुप परिर्वतन गर्ने गर्दछ ।


समुद्री सतहदेखि करिब ३ हजार १ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाई झण्डै ३ सय मिटर भन्दा बढी छ । झरना नजिकैबाट छर्लङ देखिने साइपाल हिमाल, झरनाको छेवैमा सुसाउदै बग्ने सेती नदी, वरिपरी रहेको हरियो जंगलले यो क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा झारल र नाउरका बथानहरु, मृग, घोरल, बँदेल जस्ता विभिन्न जंगली जनावरहरु देख्न सकिन्छ ।


यस्तै यो झरनामा क्यानोनिङको पनि सम्भावना रहेको बताउदै यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम तय गरेको बताइएको छ।

प्रकाशित : पुस २०, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

रासस

उर्लाबारी — प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकी छन् । 


नेपाल नेत्रहीन संघ मोरङले १७ औँ साधारणसभाको शुक्रबार बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राखिन् ।

नेपालको संविधानले सबै जाति, धर्म, लिंग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्,'अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।' सो अवसरमा उनले मोरङका ३८ न्यून दृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकी थिईन् ।

प्रकाशित : पुस २०, २०७५ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×