यसरी समातियाे २३५ किलो चरेश- भिडियो - कान्तिपुर समाचार

यसरी समातियाे २३५ किलो चरेश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले २ सय ३५ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । धार्दिङको गजुरी गाउँपालिका १ स्थित गजुरी बजारबाट मुग्लिङहुँदै चितवन जाँदै गरेको भारतीय नम्बरको कन्टेनर ट्रकको क्याबिनमा लुकाई राखेको चरेस प्रहरीले बरामद गरेको हो ।

क्याबिनमाथी फल्स बटम बनाएर १२ वटा बोराभित्र २ सय ३३ वटा प्लास्टिकका पोकाभित्र चरेस लुकाइएको थियो । प्रहरीले भारतको उत्तर प्रदेश एटा निघौली खुर्द, चितापुर ग्राम घर भएका ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्साको पटेर्वा सुगौली गाउँपालिका १ घर भएका लाल महम्मद गद्यीलाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार लाल महम्मद लामो समयदेखि लागु औषधको अवैध ओसारपसारमा संग्लन रहँदै आएका थिए । उनी लागु औषध चरेस ओसारपसारको अभियोगमा भारतीय जेलमा तीन वर्ष ६ महिना कैद भुक्तान गरेका व्यक्ती हुन् । प्रहरीले बरामद चरेसको अवैध बजार मुल्य पचास लाख हाराहारीमा रहेको अनुमान गरेको छ ।


प्रकाशित : पुस १९, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक इजलासबाट हटाइए जोशी, १ नम्बर चेम्बर पनि खोसियो

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ ।बिहीबार बसेको न्यायपरिषद् बैठकले उनको ठाउँमा मिरा खड्का र हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासका लागि तोकेको छ ।

परिषद्कै बैठकले मेलमिलाप परिषद्को अध्यक्षबाट जोशीलाई हटाएर न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिएको छ । बिहीबार नै जोशीले वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाउने १ नम्बर चेम्बरसमेत खोसिएको छ ।

उनलाई सर्वोच्च अदालतको अर्को कोठा दिइएको स्रोतले बतायो । १ नम्बर इजलासको चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको छ ।

प्रकाशित : पुस १९, २०७५ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×