जियोले बनाउँदैछ टिकटकजस्तै ‘प्लाटफर्म’ एप- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जियोले बनाउँदैछ टिकटकजस्तै ‘प्लाटफर्म’ एप

एजेन्सी

काठमाडौँ — हालै जारी गरिएको प्रेस विज्ञप्ति अनुसार रोलिङ स्टोन्स इन्डिया, क्रिएटिभल्यान्ड एसिया र जिओले ‘प्लाटफर्म’ नामक एप निर्माणमा सहकार्य गरेका छन् । यसको बेटा भर्सन परीक्षणका क्रममा रहेको बताइन्छ ।

भारतको जियो प्लाटफर्म्स लिमिटेडले टिकटकजस्तै छोटा भिडियोहरू बनाउन र सेयर गर्न मिल्ने एप बनाउने भएको छ । भारतमा टिकटक प्रतिबन्ध छ । त्यसकारण जियोले इन्स्टाग्राम र फेसबुक रिल्स, गुगलको युट्युब सर्ट, सेयरच्याटजस्ता एप तथा फिचरको प्रतिश्पर्धीका रूपमा ‘प्लाटफर्म’ नामक छोटा भिडियोसम्बन्धी एप बनाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विज्ञप्तीअनुसार यो एप स्टार इन्टरटेनर्स (चल्तीका मनोरञ्जनकर्ता) का लागि बनाइएको हो । यसमा फलोअरहरू क्रमश: बढ्दै जाने र मोनिटाइजेसनको सुविधा पनि उपलब्ध हुने भनिएको छ । यसमा उपलब्ध हुने नौलो फिचर चाहिँ ‘बुक नाउ’ बटन हो । उक्त बटनमार्फत् फलोअरहरूले कन्टेन्ट क्रिएटरसँग अन्तरक्रिया गर्न सक्नेछन् ।प्लाटफर्म एप क्रिएटर, गायक, कलाकार, संगीतकर्मी, नर्तक, हास्य कलाकार, फेशन डिजाइनर र इन्फ्लुएन्सर (प्रभावशाली व्यक्ति) बन्न चाहने जो कोहीका लागि उपयुक्त हुने भनिएको छ ।

सुरुका १ सयजना सदस्य भने निमन्त्रणाका आधारमा मात्रै एपमा जोडिन सक्ने जिओले जनाएको छ । ती सयजनाले अन्यलाई आमन्त्रण गर्दै एपमा सदस्य संख्या बढाइनेछ । यसमा कन्टेन्ट क्रिएटरका लागि सिल्भर, नीलो र रातो टिक मार्कको तीनथरी भेरिफिकेसन प्रणाली हुने बताइएको छ । आउँदो जनवरीमा एप सार्वजनिक गरिने जिओले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्

रोमाञ्चक खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले हरायो

राजु घिसिङ

दोहा — मोहमद कुदुसको दुई गोलसँगै घानाले रोमाञ्चक प्रतिस्पर्धामा दक्षिण कोरियालाई ३–२ ले हराएर सोमबार विश्वकप-२०२२ मा नकआउट चरण पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

४३ हजार ९ सय ८३ दर्शक उपस्थित एजुकेसन सिटी स्टेडियममा कुदुसले ६८ औं मिनेटमा निर्णायक गोल गर्दै घानाको सम्भावना कायम राखेका हुन् । यसअघि मोहम्मद सलिसुले २४ र कुलदुसले ३४ औं मिनेटमा गोल गर्दै अफ्रिकी टिमलाई २–० ले अगाडि बढाएका थिए । तर, दोस्रो हाफमा गुएसुङ चोले ५८ र ६१ औं मिनेटमा गोल गरेर कोरियालाई २–२ को बराबरीमा पुर्‍याएका थिए ।

टोटेनहम हर्टस्परका फरवार्ड सन ह्युङ मीनको कप्तानीमा रहेको कोरियाली टिमले कुदुसको दोस्रो गोलपछि श्रृंखलाबद्ध आक्रामण गर्‍यो । धेरै पटक सहज अवसर पनि सिर्जना गरे पनि चाहिएको गोल गर्न सकेन । अब कोरियालाई नकआउट चरणमा स्थान बनाउन कठिन बनेको छ । उसले समूह 'एच' मा आफ्नो अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको सामना गर्ने छ ।

पहिलो खेलमा पोर्चुगलविरुद्ध ३–२ ले हारेको घाना भने कोरियाविरुद्ध 3 अंक जोडेपछि अन्तिम १६ प्रवेशको बाटोमा अगाडि बढेको छ । उसले समूहको अन्तिम खेलमा उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा कोरियासँग गोलरहित नतिजामा अंक बाडेको उरुग्वेले आजै पोर्चुगलको सामना गर्दै छ ।

आज भएको समूह 'जी' को प्रतिस्पर्धामा क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेल्यो । यही समूहमा आज मध्यरात ब्राजिल र स्विजरल्यान्ड पनि भिड्दै छन् ।

प्रकाशित : मंसिर १२, २०७९ २१:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×