कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमालेको घोषणापत्र

नेपालको अर्बाइटल स्लटमा आफ्नै स्याटेलाइट राखिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले अन्तरिक्षमा नेपालले आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले नेपालले आफ्नै लगानीमा आफ्नै अर्बाइटल स्लटमा स्याटेलाइट राख्ने प्रतिबद्धता जनाएको हो ।

नेपालको अर्बाइटल स्लटमा आफ्नै स्याटेलाइट राखिने

लामो समयदेखि अलपत्र परेको नेपालको अर्बाइटल स्लटलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो स्वामित्वमा ल्याएको थियो ।

आफ्नै स्याटेलाइट स्थापना गर्दा ब्यान्डविथको भुक्तानीका लागि विदेसिने गरेको रकम विदेसिनबाट रोकिने एमालेले जनाएको छ । एमालेले दूरसञ्चार सेवाको सहज र गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?