कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ यानले खिच्यो सबै कोणबाट मंगल ग्रहको तस्बिर

काठमाडौँ — चिनियाँ राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सीएनएसए)ले मंगल ग्रहको सबै कोणबाट तस्बिर खिचेको छ । मंगल ग्रह मिसनका लागि सीएनएसएले पठाएको तेइनवेन-१ प्रोबले आफ्नो मिसन पूरा गर्दै रातो ग्रहको तस्बिरहरू सबै कुनाबाट खिचेको जानकारी दिइएको हो ।

चिनियाँ यानले खिच्यो सबै कोणबाट मंगल ग्रहको तस्बिर

तेइनवेन-१ प्रोब सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह पठाएको थियो । फेब्रअुरी २०२१ मा प्रोब मंगल ग्रहको कक्षमा पुगेको थियो । त्यसपछि प्रोबले ग्रहको अर्बिटमा फन्को लगाउँदै आएको छ । त्यसको ३ महिनापछि झुरोङ रोभर मंगल ग्रहको सतहमा पठाइएको थियो । मंगल ग्रहमा हिँउदको समय भएकोले तापक्रम निकै कम हुँदा झुरोङ रोभरलाई "डोरम्यान्ड मोडमा" प्रोबबाट अवतरण गराइएको थियो ।

सीएनएसएले बुधबार पत्रकार सम्मेलनमार्फत प्रोबले सम्पूर्ण उद्देश्य पूरा गरेको पनि जानकारी दिइएको छ । जसमध्ये एक ग्रहका सबै भागको मध्यम रिजोलुसनका तस्बिरहरु लिने पनि थियो । सीएनएसएले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरहरूमा मंगल ग्रहको सतही क्षेत्र, धुलाम्मे क्षेत्र, ग्रहका क्रेटरहरू, दक्षिण पोलको आइस सिट, खोंचहरू देखिएका छन् ।

सबै तस्बिरहरू प्रोबको अर्बाइटरले खिचेको हो । अर्बाइटरले मंगल ग्रहको ७ सय ६ दिनमा १३ सय ४४ फन्को लगाएको चिनियाँ स्पेस एजेन्सीले जनाएको छ । अर्बाइटरले हरेक कोणबाट ग्रहको तस्बिर लिएको चीनले जनाएको छ ।

६ चक्के झुरोङ रोभरले म‌ंगल ग्रह यात्राका दौरान वैज्ञानिक उपकरणहरू, ग्रहको भौगर्भिक बनावटको तथ्यांक/सूचना स‌ंकलन, वायुमण्डल, वातावरण र माटोको अवस्था सम्बन्धमा पनि अध्ययन पूरा गरेको छ । प्रोबले १ हजार ४० गिगाबाइट वैज्ञानिक तथ्यांक पनि संकलन गरेको छ । ती तथ्यांकहरूलाई चिनियाँ वैज्ञानिकहरुले विश्लेषण गरेर रिसर्च टिमलाई हस्तान्तरण गरेको सीएनएसएले जनाएको छ ।

सीएनएसएले अर्बाइटरको सम्पूर्ण फ्लाइट विवरण नासा र युरोपियन स्पेस एजेन्सीलाई पनि उपलब्ध गराएक र अन्य तथ्यांकहरू 'उचित समय'मा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई दिइने बताएको छ । अर्बाइटरले हाल अन्य परीक्षण र भविष्यमा गरिने मिसनको तयारी सम्बन्धमा अहिले केन्द्रीत भएको छ ।

चीन मंगल ग्रहको सतहमा पुग्‍ने तेस्रो मुलुक हो । यसअघि अमेरिका र रुसले मंगल ग्रहको सतहमा आफ्ना यान पठाएका छन् । भारत, युरिपयन स्पेस एजेन्सी र यूएईले मंगल ग्रहको अर्बिटमा आफ्ना यान पठाएका छन् ।

मंगल ग्रहमा अर्बाइटर र रोभर एकैपटक पठाउने राष्ट्र पनि चीन हो । नासाले भने धेरैपटक अर्बाइटरहरू मंगल ग्रहमा पठाएपछि मात्रै सतहमा रोभर अवतरण गराएको थियो ।

तेइनवेन-१ मिसनमा रोबोटिक ६ वटा यानहरू छन् । जसमा एउटा अर्बाइटर, दुई वटा डिप्लोइबल क्यामेरा, ल्यान्डर, रिमोट क्यामेरा र झुरोङ रोभर छन् । यी यानको कूल तौल ५ टन छ । यसले १४ वटा वैज्ञानिक उपकरणहरू पनि लगेको छ ।

यो मिसन चीनको 'प्लनेटरी एक्सप्लोरेसन कार्यक्रम' अन्तर्गत पहिलो चरणको कार्य हो । चिनियाँ मंगल ग्रह मिसनमा पहिले र अहिले ग्रहमा पानीको अवस्थाबारे पनि जानकारी लिने रहेको छ ।

प्रकाशित : असार १६, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?