२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
आर्थिक सर्वेक्षण २०८०/८१

वैदेशिक रोजगारीमा जानेको संख्या ५९ लाख नाघ्यो

जेष्ठ १३, २०८१

तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको जनाएको छ । जसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन् ।...

मेलम्चीको पानी वितरणका लागि १ हजार ६८० किलोमिटर पाइप बिछ्याइयो 

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि दुई चरण गरेर १ हजार ६ सय ८० किलोमिटर क्षेत्रमा पाइप बिछ्याइएको छ ।

सूचना प्रविधिमा आधारित १४४ उद्योगमा १३ अर्ब ४ करोड विदेशी लगानी स्वीकृत

चालु आर्थिक वर्षको फागुनसम्म सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगको संख्या १२० वटा रहेका छन् । यो क्षेत्रमा कुल लगानी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । यस क्षेत्रमा प्रस्तावित रोजगारी संख्या ८ हजार १ सय २१ छ । 

स्टार्टअप कार्यक्रममा ३१० ले पाए रोजगारी, नयाँ उद्यमीको संख्या १३ हजार

सरकारले सञ्चालन गरेको स्टार्टअप कार्यक्रममा ३१० व्यक्तिले रोजगारी पाएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत सञ्चालन भएको सो कार्यक्रममा २०८० फागुनसम्म सहभागी भएका १८२ मध्ये ७९ व्यवसायीले आफ्ना व्यवसाय सुरु गरेको पनि सर्वेक्षणमा भनिएको छ ।

आठ वर्षमा ६६ हजार सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान 

आठ वर्षमा ६६ हजार ७ सय १५ सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । ५ लाख ८० हजार ८ सय ८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको छ । यसको जडान भने प्रभावकारी बन्न सकेको छैन ।

देशभर जम्मा ६ लाख ल्यान्डलाइन फोन प्रयोगमा

मोबाइल सेवाको विस्तारसँगै देशभर आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या घट्दै गएको पाइएको छ । गत आर्थिक वर्षको असारसम्म फिक्स्ड वा ल्यान्डलाइन टेलिफोनको संख्या ८ लाख ३२ हजार रहेकोमा चालु आवको फागुनसम्म त्यो संख्या घटेर देशभर जम्मा ६ लाख ६ हजार प्रयोगमा रहेको आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ ।

१०८ गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाइ उद्धार

सरकारले चालु आर्थिक वर्षको ०८० फागुनसम्ममा १०८ जना गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क हवाइ उद्धार गरेको छ ।

लैंगिक उत्तरदायी बजेट ४२.१६ प्रतिशत पुग्यो

अर्थ मन्त्रालयले आइतबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षण अनुसार नेपालको लैंगिक उत्तरदायी बजेटको हिस्सा ४२.१६ प्रतिशत पुगेको छ ।

आठ महिनामा थपिए २३ लाख इन्टरनेट सेवा प्रयोगकर्ता

नेपालमा मोबाइल डाटा वा ब्रोडब्यान्ड इन्टरनेट सेवा लिनेहरूको संख्या आठ महिनाको अवधिमा २३ लाखले बढेको पाइएको छ । आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार चालु आवको फागुनसम्म डाटा/इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ४ करोड २१ लाख १८ हजार रहेकोमा चालु आवको असारमा ३ करोड ९८ लाख ८ हजार थिए ।

गौरवका आयोजनाको सडक निर्माणमा कम प्रगति 

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडकहरु निर्माणमा गत आर्थिक वर्षको तुलना कम प्रगति रहेको छ । ती सडकहरुको निर्माण प्रगति चालु आर्थिक वर्षको फागुनसम्म सुस्त देखिएको हो ।

जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान केही घट्ने 

चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार क्षेत्रको योगदान केही घट्ने देखिएको छ । गत आव २०७९/८० मा यस्तो योगदान १.९६ प्रतिशत रहेकोमा चालु आवमा १.९४ प्रतिशत ‍रहने अनुमान गरिएको छ । 

जीडीपीको ९१.२ प्रतिशत उपभोगमा 

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उपभोगको अंश ९१ प्रतिशतभन्दा बढी रहँदै आएको छ । आइतबार सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले पछिल्लो एक दशकमा जीडीपीमा कुल उपभोगको अंश वार्षिक औसत ९१.२ प्रतिशत रहेको देखाएको हो ।

पुँजीगत खर्च वार्षिक औसत १८.२ प्रतिशत मात्र 

सरकारको पुँजीगत खर्च वार्षिक औसत १८.२ प्रतिशत मात्र रहेको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ ।