आठ महिनामा थपिए २३ लाख इन्टरनेट सेवा प्रयोगकर्ता

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

2.3 million internet service users were added in eight months

काठमाडौँ — नेपालमा मोबाइल डाटा वा ब्रोडब्यान्ड इन्टरनेट सेवा लिनेहरूको संख्या आठ महिनाको अवधिमा २३ लाखले बढेको पाइएको छ । आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार चालु आवको फागुनसम्म डाटा/इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ४ करोड २१ लाख १८ हजार रहेकोमा चालु आवको असारमा ३ करोड ९८ लाख ८ हजार थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतीपत्र प्राप्त  विभिन्न सेवा प्रदायकमार्फत उपलब्ध डेटा/इन्टरनेट सेवा लिनेहरूको संख्या मासिक साँढे २ लाखले थपिएको देखिन्छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डेटा/इन्टरनेट प्रयोग गर्नेको संख्या गत फागुनसम्म २ करोड १५ लाख ६९ हजार छ । त्यस्तै, एनसेलको डेटा ७८ लाख ९१ हजारले प्रयोग गरेका छन् भने विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमार्फत १ करोड २६ लाख ५९ हजारले इन्टरनेट सेवा लिने गरेको सर्वेक्षणमा उल्लेख छ ।

२०७७ सालको असारमा डेटा तथा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ३८ हजार थियो । २०७८ सालको असारमा ३ करोड ८४ हजारले डेटा/इन्टरनेट प्रयोग गर्नेमा २०७९ असारमा यो संख्या बढेर ३ करोड ८४ लाख २१ हजार पुगेको थियो । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार विगत पाँच वर्षमा नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । यस अवधिमा डेटा/इन्टनरेट चलाउनेको संख्या १ करोड ९८ लाख ८० हजारले वृद्धि भएको देखिन्छ । 

डेटा तथा इन्टरनेट प्रयोगकर्ताको संख्या :2.3 million internet service users were added in eight months

कान्तिपुर

Link copied successfully