कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गौरवका आयोजनाको सडक निर्माणमा कम प्रगति 

काठमाडौँ — राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडकहरु निर्माणमा गत आर्थिक वर्षको तुलना कम प्रगति रहेको छ । ती सडकहरुको निर्माण प्रगति चालु आर्थिक वर्षको फागुनसम्म सुस्त देखिएको हो ।

गौरवका आयोजनाको सडक निर्माणमा कम प्रगति 

गत आर्थिक वर्षको फागुनसम्म मध्यपहाडी राजमार्गमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । तर चालु आवको फागुनसम्म १३ किलोमिटर मात्र सडक कालोपत्र भएको आइतवार सार्वजनिक भएको आर्थिक सर्वेक्षण ०८०-८१ मा उल्लेख छ ।

समग्रमा कुल दूरी १ हजार ८ सय ७९ किमि मध्ये १ हजार ४ सय १५ किमि सडक कालोपत्र भएको छ । त्यस्तै अर्को गौरवको आयोजना हुलाकी राजमार्गको प्रगति पनि सन्तोषजनक देखिएको छैन । आर्थिक सर्वेक्षण ०७९-८० मा त्यो वर्षको फागुनसम्म ३६.५ किमि सडक कालोपत्र भएकोमा यो वर्ष सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म ३२ किमि मात्र सडक कालोपत्र भएको छ ।

उत्तर–दक्षिण राजमार्गको कालीगण्डकी कोरिडोरको कुल लम्बाई ४ सय ४७ किमि हो । यसलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । जसअनुसार पहिलो खण्ड गैंडाकोट–राम्दी–मालढुंगाको कुल दूरी २ सय ४५ किमि मध्ये फागुनसम्म १ सय ८४ किमि सडक कालोपत्र भएको छ ।

गत वर्ष यही समयमा १ सय २० किमि सडक कालोपत्र भएको थियो । कर्णाली कोरिडोरको कुल लम्बाई २ सय ६९ किमि मध्ये गत फागुनसम्म ४.५ किमि मात्र सडकको ट्र्याक खोल्ने काम भएको छ । जबकी गत वर्षको फागुनसम्म ३.५ किमि मात्र सडकको ट्र्याक खोल्ने काम भएको थियो ।

कोशी कोरिडोर सडकको कुल दूरी १ सय ६२ किमि हो । जसमध्ये गत फागुनसम्म ७८ किमि सडक ग्राभेल भएको छ । गत वर्षको फागुनसम्म १५ किमि मात्र सडक ग्राभेल भएको थियो । काठमाडौं तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा निर्माणधीन ६ वटा सुरुङमध्ये दुईवटा सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

७०.९७७ किमि सडकमा खोकना क्षेत्रको ६.५ किमि बाहेक अन्य खण्डको ठेक्का व्यवस्थापन भइसकेको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?