२६ सार्वजनिक संस्थान नाफामा

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

26 public institutions for profit

काठमाडौँ — अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ सार्वजनिक संस्थानले मात्रै नाफा कमाएका छन् ।

अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार १५ संस्थान नोक्सानीमा गएका छन् ।तीन  संस्थानको कारोबार शुन्य छ ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए । त्यस्तै, संस्थानको कुल संञ्चालन आय ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको उल्लेख छ ।

कान्तिपुर

Link copied successfully