स्टार्टअप कार्यक्रममा ३१० ले पाए रोजगारी, नयाँ उद्यमीको संख्या १३ हजार

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

310 people got jobs in the startup program, the number of new entrepreneurs is 13 thousand

काठमाडौँ — सरकारले सञ्चालन गरेको स्टार्टअप कार्यक्रममा ३१० व्यक्तिले रोजगारी पाएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत सञ्चालन भएको सो कार्यक्रममा २०८० फागुनसम्म सहभागी भएका १८२ मध्ये ७९ व्यवसायीले आफ्ना व्यवसाय सुरु गरेको पनि सर्वेक्षणमा भनिएको छ ।

 ‘नवीनत ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनमा आएको छ,’ स्टार्टअप उद्यमका भएका पछिल्ला गतिविधबारे आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘उद्यमशिलता विकास तालिम अन्तर्गत चालु आवको फागुनसम्म ९१ व्यवसायीबाट व्यवसाय सञ्चालन भई १९२ व्यक्तीले रोजगारी प्राप्त गरेका छन् ।’

त्यस्तै, सबै स्थानीय तहमा २०७६/७७ देखि सञ्चालनमा आएको लघु उद्यम विकास कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना, स्तरोन्नती, प्रविधि हस्तान्तरण, उद्यम घर निर्माण र रोजगारी सिर्जना गर्ने कार्य अन्तर्गत २०८० फागुनसम्म नयाँ उद्यमीको संख्या १३ हजार १ सय १६ रहेको आर्थिक सर्वेक्षणमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully