कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

३०९ स्थानीय तहमा बाल अधिकार समिति गठन

काठमाडौँ — चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा देशभर ३०९ स्थानीय तहमा बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । 

३०९ स्थानीय तहमा बाल अधिकार समिति गठन

आइतबार सार्वजनिक चालु आर्थिक बर्षको आर्थिक सर्भेक्षण अनुसार गत फागुनसम्म ३०९ स्थानीय तहमा स्थानीय बाल अधिकार समिति गठन तथा सञ्चालन भएका उल्लेख छ ।

सर्वेक्षणअनुसार ३०३ स्थानीय तहमा मात्रै बाल कल्याण अधिकारी तोकिएका छन् । यसैगरी २४६ स्थानीय तहमा बाल कोष स्थापना भएको छ ।

यस अवधिमा ३७३ स्थानीय तहमा बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनसम्बन्धी कार्यविधि तर्जुमा भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?