कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सूचना प्रविधिमा आधारित १४४ उद्योगमा १३ अर्ब ४ करोड विदेशी लगानी स्वीकृत

काठमाडौँ — चालु आर्थिक वर्षको फागुनसम्म सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगको संख्या १२० वटा रहेका छन् । यो क्षेत्रमा कुल लगानी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । यस क्षेत्रमा प्रस्तावित रोजगारी संख्या ८ हजार १ सय २१ छ । 

सूचना प्रविधिमा आधारित १४४ उद्योगमा १३ अर्ब ४ करोड विदेशी लगानी स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार सूचना प्रविधिमा आधारित उद्योगमा चालु आवको फागुनसम्मको चालु पुँजी १ अर्ब ९७ लाख रुपैयाँ र स्थिर पुँजी ७ अर्ब ५८ लाख रूपैयाँ छ । सुरुदेखि २०८० सालको फागुनसम्म सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित १४४ वटा उद्योगमा कुल १३ अर्ब ४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।

गत आवको फागुनसम्म सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगको संख्या ९९ वटा थिए । यस क्षेत्रमा प्रस्तावित रोजगारी ६ हजार १ सय ३४ थियो । त्यस्तै, गत आवकै फागुनसम्म सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित १२७ वटा उद्योगमा कुल १२ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×