कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैंक तथा वित्तीय संस्थाको १३ खर्ब ८४ अर्ब निक्षेपको बीमा

काठमाडौँ — गत फागुनसम्म बैंक तथा वित्तीय संस्थामा रहेको १३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपको बीमा भएको छ । कर्जा तथा निक्षेप सुरक्षण कोषले उल्लिखित निक्षेपको बीमा गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको १३ खर्ब ८४ अर्ब निक्षेपको बीमा

गत फागुनसम्म ५५ वटा बैंक तथा वित्तीय संस्थामा ४ करोड ११ लाख ५ हजार निक्षेप खाता छन् । विद्यमान नीतिगत व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख प्रतिव्यक्ति प्रतिखाता निक्षेपको सुरक्षण (बीमा) गर्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार उल्लिखित रकम बराबर निक्षेपको बिमा भएको हो ।

सोही अवधिमा कोषले विभिन्न ९७ वटा बैंक तथा वित्तीय संस्थाबाट १५ लाख २४ हजार ऋणीलाई प्रवाह गरेको २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको कर्जा रकम सुरक्षण (बिमा) गरेको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×