कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बैंक खातामार्फत पुरस्कारको रकम जान्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बैंक खातामार्फत पुरस्कारको रकम जान्छ : मन्त्री श्रेष्ठ

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो अवस्थाको अन्त्य हुने व्यवस्था गरिएको बताए ।

प्रतिनिधसभाको आइतबारको बैठकमा एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

‘अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा पुरस्कारको व्यवस्था गरिए अनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक बिजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ,' मन्त्री श्रेष्ठले भने, 'ओलम्पिकमा सहभागी, एसियन खेलमा पदक विजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरू ३ सय ५७ जनालाई मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ ।'

प्रदेश र स्थानीय तहमा सशर्त अनुदानका कार्यक्रम बजेटमा राख्न नसकिएको पनि मन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, 'दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रमलाई बजेट विनियोजन हुन नसकेको हो ।’

त्यस्तै, युवाहरूलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित : असार ९, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×