कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका : भेनेजुएला र मेक्सिको विजयी

काठमाडौँ — कोपा अमेरिकाको आइबार भएको समूह ‘बी’ को खेलमा भेनेजुएला र मेक्सिको विजयी भएका छन् । भेनेजुएलाले इक्वेडरलाई २–१ ले पराजित गर्‍यो भने मेक्सिको जमैकामाथि १–० ले विजयी रह्यो । यी सुरुआती नतिजापछि समूहमा भेनेजुएला तथा मेक्सिको शीर्ष दुई स्थानमा रहेका छन् ।

कोपा अमेरिका : भेनेजुएला र मेक्सिको विजयी

यससँगै दुवै टिमले आफ्नो नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सफल रहे । भेनेजुएलाले एक गोलले पछाडि रहेको स्थितिबाट जित निकालेको हो । जेरेमी सारमिन्टोको गोलले इक्वेडरले सुरुआती अग्रता लिएको थियो ।

दोस्रो हाफमा भेनेजुएलाले दुई गोल फर्काएको हो । त्यसमा जानडर काडिजले ६४ र इवार्डो बेलोले ७४ औं मिनेटमा गोल गरे ।

मेक्सिकोले प्राप्त गरेको जितमा भने गेराडो आरटेगाले खेलको ६९ औं मिनेटमा एक मात्र गोल गरे ।

प्रकाशित : असार ९, २०८१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×