२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ओलम्पिकमा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिदाइ

नारायण शर्मा

काठमाडौँ — दुई महिनापछि फ्रान्समा हुने ग्रिस्मकालीन ओलम्पिक गेम्समा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलंकामा हुने प्रशिक्षणमा आइतबार जाने भएका छन् ।

ओलम्पिकमा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिदाइ

ओलम्पिकमा नेपालको तर्फवाट ब्याडमिन्टन खेल्ने दाहाल पहिलो नेपाली खेलाडी हुने छन् । नेपालको शीर्ष बरियतामा रहेका दाहाललाइ आज राष्ट्रिय खेलकुद परिषद् र नेपाल ब्याडमिन्टनसँगले बिदाइ र सम्मान कार्यक्रम गरेको छ ।

प्रिन्ससंगै मुख्य प्रशिक्षक सुदिप योन्जन आइतबार श्रीलंका जाने छन् । फान्सको ग्रिसमा आउँदो जुलाई २६ देखि अगष्ट ११ सम्म ग्रीष्मकालिन ओलम्पिक खेल हुने छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंग र ब्याडमिन्टनसंगका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्य पदाधिकारीले दाहाललाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन । प्रिन्स दाहाल नेपालको तर्फबाट ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी हुन्।

प्रकाशित : जेष्ठ १९, २०८१ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x