कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एमआईएस कपमा ज्ञानोदय र चाँदवाग विजयी 

काठमाडौँ — मोर्डन इन्डियन स्कुलको आयोजनामा भएको एमआईएस कप अन्तरस्कुल खेलकुदमा टेबलटेनिस ब्वाइजमा डीएभी विजेता भएको छ । बुधबार फाइनलमा डीएभीले आयोजक एमआईएस टिमलाई ३–१ सेटमा हरायो ।

एमआईएस कपमा ज्ञानोदय र चाँदवाग विजयी 

गर्ल्सतर्फ एमआईएसले डीएभीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको थियो ।

बास्केटबल ब्वाइजको फाइनलमा ज्ञानोदयले एमआईएसलाई ३०–२४ स्कोरले हराएर उपाधि जित्यो । गर्ल्सतर्फ चाँदबाग विजयी भयो । टोलीले त्रियोगलाई ११–८ स्कोरले हरायो । फुटसलमा डीएभीले एमआईएसलाई ५–० ले हराएर उपाधि जितेको हो ।

चेसको फाइनलमा एमआईएसका आशिष गुप्ता र त्रियोगका आभाष रिमाल पुगेका छन् । ब्याडमिन्टन ब्वाइजको फाइनलमा एमआईएसका प्रिन्सकुमार साह र ज्ञानोदयका सिरिसराज प्रधान पुगेका छन् । त्रियोगकी ज्योति श्रेष्ठ र डीएभीकी निभा थापाबीच गर्ल्सको फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

क्रिकेटतर्फ डीएभीले एमआईएसलाई १८ रनले हरायो । डीएभीले अलआउट हुँदै ९१ रन बनाई एमआईएसले ४ विकेट गुमाई ७३ रनमात्र समेटको थियो ।

प्रकाशित : जेष्ठ ९, २०८१ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?