कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

वीर गणेशमान बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन

काठमाडौँ — आर्मी र एपीएफ क्लब छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष र एपीएफ महिलामा च्याम्पियन बने ।

वीर गणेशमान बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन

पुरुषमा आर्मीले ३ स्वर्ण, पुलिसले २ र कर्णालीले १ स्वर्ण पदक जितेको थियो । महिलामा एपीएफले ३ स्वर्ण जित्दा आर्मी, लुम्बिनी र पुलिसले १–१ स्वर्ण जितेका थिए । पुरुष/महिलामा ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा पुलिसका चन्द्रबहादुर थापा र महिलामा एपीएफकी संगीता सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न पुरुष ५१ केजी फाइनलमा पुलिसका चन्द्रले मधेश प्रदेशका रविन थापालाई हराएर स्वर्ण जिते । पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराएर स्वर्ण जिते ।

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले वाग्मतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा पुलिसकी अञ्जनी तेलीले वाग्मतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६० केजीमा एपीएफकी संगीता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ र ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृसा जबेगुलाई हराएर स्वर्ण जिते । हरेक तौलका शीर्ष तीन स्थान विजेताले क्रमशः २५ हजार, १५ हजार र साढे ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


प्रकाशित : चैत्र १७, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×