कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।  बाराको जितपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग सोमबार अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पारे । 

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

'निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,' प्रधानमन्त्री दाहालले भने, 'रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।'

‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

प्रकाशित : माघ १५, २०८० २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?