कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वडा १६ टिम च्याम्पियन

काठमाडौँ — ललितलपुर महानगरपालिका वडा १६ टिमले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्दै ललितपुर मेयर कप रात्रिकालीन टेबलटेनिस प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

वडा १६ टिम च्याम्पियन

ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चापुखु खेलकुद उपसमिति र खोल्चापोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसहित वडा नम्वर ६ दोस्रो भयो ।

सोमबार पुरुष एकलमा वडा ७ का एलेक्स महर्जन र महिला एकलमा वडा १६ की अंकिता वज्राचार्यले स्वर्ण पदक जिते । दुवै समान ३–२ को सेटमा विजयी भए ।

फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११, ११–९ ले हराए । गर्ल्स फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९, ११–९ को सेटमा हराइन् ।

प्रकाशित : मंसिर २५, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×