कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुनवलमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरू 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको भूमहीमा प्रथम रामनगर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरू भएको छ ।  प्रतियोगिताको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाधर घर्तीमगरले सोमबार उद्घाटन गरे । 

सुनवलमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरू 

प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घर्तीले बुद्ध र सगरमाथाको देश सँगै खेलक्षेत्रबाट समेत राष्ट्रलाई चिनाउन लागि पर्नुपर्ने बताए । साथै खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएर लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

लुम्बिनी प्रदेशका ८ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरुष तथा महिला गरि २सय ८५ खेलाडीको सहभागिता रहेको आयोजक प्रदेस स्तरीय तेक्वान्दो समितिका अध्यक्ष तपनकुमार केवटले बताए । विभिन्न जिल्लाबाट छनौट भएर आएका खेलाडी सहभागी खेल मंगलबार सम्म चल्नेछ ।

प्रकाशित : मंसिर २५, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×