कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बेटिससँग रियलको बराबरी

एजेन्सी

म्याड्रिड — जुड वेलिङघमले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै आफ्नो १८ औं खेलमा १६ औं गोल गरे पनि रियल म्याड्रिड शनिबार स्पेनी ला लिगामा रियल बेटिसको हातबाट १–१ को बराबरीमा रोकिएको छ । इंग्लिस मिडफिल्डरले ५३ औं मिनेटमा गोलको खाता खोले ।

बेटिससँग रियलको बराबरी

तर एटोर रुबलले बराबरी गोल फर्काए । आइतबार जिरोनाले बार्सिलोनाको सामना गर्नेछ र यसको नतिजाले लिग अंक तालिकालाई ठोस आकार दिनेछ ।

रियलको ३९ अंक छ भने एक खेल कम खेलेका जिरोनाको ३८ र बार्सिलोनाको ३४ अंक छ । रियल सोसिडाडले भने अर्को प्रमुख खेलमा भिल्लारियललाई ३–० ले हराएर पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।


प्रकाशित : मंसिर २४, २०८० ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×