कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सल्यानलाई प्रदेशस्तरीय पुरुष भलिबल उपाधि

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ । वीरेन्द्रनगरमा शनिबार भएको फाइनल प्रतियोगितामा सुर्खेतलाई हराउँदै सल्यान विजेता बनेको हो । प्रतियोगितामा उपविजेता सुर्खेत र रुकुमपश्चिमले तेस्रो स्थान हासिल गर्‍यो । 

सल्यानलाई प्रदेशस्तरीय पुरुष भलिबल उपाधि

आगामी पुसमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सोही टिमबाट छनोट गरिने कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । विजेता खेलाडीलाई मेडल र ट्रफी दिइएको छ । प्रतियोगिता कर्णाली प्रदेश भलिबल संघको आयोजनामा मंसिर २१ गतेदेखि सुर्खेतमा सुरु भएको थियो ।

सामाजिक विकासमन्न्री खड्क पोखरेलले कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटिसकेको बताए ।


प्रकाशित : मंसिर २३, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×